ब्रेकिङ स्टोरी

यो वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल 

By खबरहब

June 27, 2023

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले यसवर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले यसवर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका हुन् । 

उनका अनुसार देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको छ ।

असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल आउने उनको भनाइ छ ।