प्रतिकात्मक तस्वीर

देश/प्रदेश

पश्चिम नवलपरासीमा छोराले गरे आमाको हत्या

By खबरहब

June 27, 2023

काठमाडौँ- पश्चिम नवलपरासीको सुनवल नगरपालिका १३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै आमा ५० वर्षीय बुद्धिरानी मुसहरको हत्या गरेका हुन् ।

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।