अन्तर्राष्ट्रिय

आतंककारी आक्रमणको योजना बनाउने दुई पाकिस्तानी नागरिक ग्रिसमा पक्राउ

By खबरहब

June 27, 2023

एथेन्स- यहुदी धर्मावलम्बीको रेस्टुरेन्टमा आक्रमणको योजना बनाउने दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । ग्रिसको राजधानी एथेन्सको प्रहरीले जनाएअनुसार उनीहरुलाई आतंककारी आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको हो ।

अवैध रुपमा टर्कीबाट ग्रिस आएका उनीहरु विगत चार महिनादेखि ग्रिसमा बसोबास गर्दै आएको बताइएको छ ।

उनीहरु आतंककारी संगठनको सदस्य रहेको समेत अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । उनीहरुमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको ग्रिसका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

संदिग्धहरुको उद्देश्य निर्दोष नागरिकहरूको ज्यान लिनु मात्र नभई ग्रिसको सुरक्षालाई नै कमजोर पार्ने र सार्वजनिक संस्थामाथि क्षति पु¥याउने रहेको ग्रिसको प्रहरीले जनाएको छ ।