फाइल फोटो

देश/प्रदेश

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

By खबरहब

July 27, 2023

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २६० रुपैयाँ, गाजर ९०, बन्दा लोकल ८, मूला रातो २५, भान्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया ७०, लसुन हरियो ९०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०, रुख कटहर ४०, भेडे खुर्सानी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।