ब्रेकिङ स्टोरी

सुन प्रकरण : चिनियाँ नागरिक बस्ने घरमा खानतलासी

By खबरहब

July 27, 2023

काठमाडौं– राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने लाजिम्पाटस्थित एक घरमा खानतलासी गर्दा महत्वपूर्ण कागजात र सामग्री बरामद हुन सक्ने आशंका विभागले खानतलासी गरेको हो ।

त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकको आउजाउ हुने गरेको देखिएको विभाग स्रोतले जनाएको छ । सो घरलाई अहिले विभागले सिल गरेको छ।

विभागले यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो। त्यसक्रममा ब्रेक सु बरामद गरिए पनि सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।