राजनीति

‘विवेकशील साझा व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित’ 

By खबरहब

July 27, 2023

काठमाडौँ– विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले पार्टी व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन् ।

विवेकशील साझा पार्टीको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बाँस्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी हुन् । व्यक्तिगत रुपमा पार्टी चलाउँदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाइ पार्टीले भोग्नुपरेको उनले बताइन् । 

बाँस्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरी नै पार्टीप्रतिको बुझाई नै फरक पर्न जाने जिकिर गरिन्। उनले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरूले बुझ्न जरुरी रहेको धारणा राखे । बाँस्कोटाले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित परिवर्तनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट विषयक राजनीतिक दस्तावेज सार्वजनिक गरेको थियो । विभिन्न व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।