देश/प्रदेश

कांग्रेस नेता निधिले गराए नेताहरूलाई रात्रिभोज

By खबरहब

July 27, 2023

काठमाडौं –नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्।

रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद लगायतको उपस्थिति थियो।

सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए।