फाइल फोटो

आर्थिक

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

By खबरहब

August 27, 2023

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ०.२७ विन्दुले बढेको छ । यससँगै सूचक २०१४.२० अंकमा आएको छ । ३ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ६७५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १३ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।

 बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।