आर्थिक

आइतबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

By खबरहब

August 27, 2023

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ । 

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।

सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ ।

 गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।