काठमाडौं– क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।
आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।