फाइल फोटो

देश/प्रदेश

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

By खबरहब

August 27, 2023

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ, १ लाख भारतीय रुपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।  

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।