फाइल फोटो

देश/प्रदेश

अखाद्य वस्तु मिसिएको कोक बेच्नेमाथि काठमाडौँ महानगरको ‘एक्सन’, तिरायो डेढ लाख जरिवाना

By खबरहब

August 27, 2023

काठमाडौँ- बिक्रीका लागि राखिएको हल्का पेय पदार्थ कोकमा अखाद्य वस्तु पाइएपछि काठमाडौँ महानगरपालिकाले बागबजारको एक पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बागबजारमा रहेको कालिञ्चोक ट्रेडिङ नेपालमा बिक्रीका लागि राखिएको कोकमा अखाद्य वस्तु पाइएपछि महानगरले जरिवाना तिराएको हो ।

उक्त रकम आजको मितिले सातदिन भित्र बजार अनुगमन समितिको राजस्वमा जम्मा गरेर बैंक भौचर बुझाउन महानगरले निर्देशनसमेत दिएको छ । भनेको अवधिमा जरिवाना नतिरे थप कारवाही गरिने महानगरको चेतवानी छ ।