देश/प्रदेश

हुण्डीमार्फत कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ

By खबरहब

September 27, 2023

काठमाडौँ- हुण्डीमार्फत कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्ला मधुवन थाना घर भई हाल काठमाडौँको कुलेश्वर चुनीभैरव बस्ने २४ वर्षीय ओमप्रकाश कुमार यादव र मोतिहारीकै कल्याणपुर थाना घर भई हाल चुनीभैरव बस्ने ४४ वर्षीय राकेश राय रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चुनीभैरवबाट पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई वित्तीय कारोबारर गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।