सांकेतिक तस्बिर

देश/प्रदेश

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

By खबरहब

September 27, 2023

कञ्चनपुर- करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–१ का ४१ वर्षीय लक्ष्मण दयालको करेन्ट लागेर मृत्यु भएको हो ।

आज दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका दयालको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।