फाइल फोटो

क्रिकेट

त्रिदेशीय टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र यूएई खेल्ने

By खबरहब

October 27, 2023

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ ।

खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । 

नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो ।

आफ्ना चार खेलमा यूएई र हङकङले एक–एक खेलमा मात्रै जित हात पारेका थिए । जसमा रनरेटका आधारमा यूएई अगाडि रह्यो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरुप नेपालसहित यूएई र बहराइनबीचको त्रिदेशीय सिरिजको आयोजना गरेको हो ।