समाचार

रियलमीको दसैँ फोटो कन्टेस्ट जारी, पुरस्कार जित्न के गर्ने ?

By खबरहब

October 27, 2023

काठमाडौँ– सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महानचाड विजयादशमीको अवसरमा दशैँ फोटो कन्टेस्टको सुरुवात गरेको छ ।

फोटो कन्टेस्टमा सहभागी हुनेले आकर्षक पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् ।

दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सहभागीहरूले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पेटको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ ।

यस्तै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ ।

कार्तिक २ गतेबाट सुरु भएको दसैँ कन्टेस्टमा कार्तिक १३ गतेसम्म सहभागी हुन सकिनेछ ।