सांकेतिक तस्वीर

देश/प्रदेश

दार्चुलामा एक पुरुष मृत फेला 

By खबरहब

October 27, 2023

दार्चुला– दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । 

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित शिवनगर खेलमैदान नजिक महाकाली नदी किनारमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला घर भइ हाल महाकाली नगरपालिकाको बंगाबगरमा बस्दै आएका ५४ वर्षीय जयराज टमटा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।

घटनाको कारण नखुलेको र थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।