तस्वीर- गेटी इमेज

क्रिकेट

विश्वकप क्रिकेट : रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायो

By खबरहब

October 27, 2023

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ ।

भारतको चेन्नईमा रहेको एम ए चिदमबरम रंगशालामा भएको रोमाञ्चक खेलमा पाकिस्तानले दिएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बलअघि ९ विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका लागि आइडेन मरक्रमले सर्वाधिक ९१ रन बनाए । पाकिस्तानका शहीन शाह अफ्रिदीले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २७० रन बनाएको थियो । पाकिस्तानका लागि साउद शकिलले ५२ र कप्तान बाबर आजमले ५० रन बनाए । दक्षिण अफ्रिकाका लागि ताब्रेज शाम्शीले ४ र मार्को जानसेनले ३ विकेट लिए ।