समाचार

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

By खबरहब

November 27, 2023

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

काठमाडौँमा आज बिहान ८ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाका बारेमा महत्वपूर्ण छलफल भइ पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ ।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमन भएको भन्दै पार्टी अध्यक्ष कमल थापाले विरोध गर्नुका साथै जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गरेका थिए ।