फाइल तस्वीर

समाचार

आम जनता पार्टीको स्थायी कमिटी बैठक बस्दै

By खबरहब

November 27, 2023

काठमाडौँ– प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आज सुरु हुँदैछ ।

बैठक बिहान ११ बजे काठमाडौँको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।