आर्थिक

प्रिओपन सेसनमा नेप्से सूचक २.०१ अंकले बढ्यो

By खबरहब

November 27, 2023

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । योसँगै प्रिओपन सेसनमा नेप्से १९०९.९७ को विन्दुमा गएर बन्द भएको छ ।

यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच भयो भने ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

सेसन अवधिमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो ।