मनोरञ्जन

पोखरामा चलचित्र ‘फर्की फर्की’को छायाकंन सुरु

By खबरहब

November 27, 2023

काठमाडौं– नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य अभिनय रहने चलचित्र ‘फर्की फर्की’को छायांकन पोखरामा सुरु भएको छ ।

सोमबार चलचित्रको पहिलो छायांकन पोखराबाट सुरु गरिएको हो ।

चलचित्रका पोडक्सन प्रमुख शंकर पाण्डेकाअनुसार पहिलो चरणमा २५ दिन पोखरामा छायांकन गरिने छ । पोखरापछि गोवामा पनि छायांकन गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

सुयोग गुरुङको निर्देशन रहने यस चलचित्र लभ स्टोरीमा आधारित छ ।

चलचित्रको शुभमुहूर्तमा नायक अनमोल केसीले यस चलचित्रलाई आफ्नो नयाँ यात्राका रूपमा लिएको बताएका थिए । दर्शकले आफूलाई रुचाएको ‘लभर बोइक’को भूमिकामै आफू देखिन लागेको उनले खुलाएका थिए ।

अनमोल र जसिताको यो पहिलो सहकार्य हो । यो चलचित्र २०२४ मा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।