धर्म / संस्कृति

विविध कार्यक्रम गरी गुरु नानक जयन्ती मनाइयो

By खबरहब

November 27, 2023

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

गुरु नानकको जयन्तीका अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेको पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गरिएको थियो । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब’ को रचना गरेका थिए । गुरु नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुवात गरेको बताइन्छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरु नानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजनको थालनी गरेका थिए ।