ब्रेकिङ स्टोरी

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

By खबरहब

November 27, 2023

काठमाडौं- धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत  गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि लगत्तै उनलाई पक्राउ गरेको हो ।