सांकेतिक तस्बिर

देश/प्रदेश

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु

By खबरहब

November 27, 2023

पर्सा- पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ । पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका–२ बरवाछोटैली गाउँ नजिकै ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।