समाचार

नियमित बाहेकका बैठकमा कर्मचारीलाई अतिरिक्त सुविधा भएन : सभामुख

By खबरहब

November 27, 2023

काठमाडौं – सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्न सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको दाबी गरेका छन् ।

संसदीय समितिका सभापतिसँग सिंहदरबारमा आयोजित छलफलमा बोल्दै सभामुख घिमिरेले नियमित बाहेकको समयमा संसदीय समितिको बैठक राख्दा कर्मचारीलाई अतिरिक्त सुविधा नदिएको गुनासो आइरहेको तर्क गरे ।

सांसदहरूले निर्वाचन क्षेत्रबाट समिति र संसद् बैठकमा आउनका लागि भाडा खोज्ने प्रवृत्ति बढेको भन्दै उनले जिम्मेवारी र दायित्वप्रति गम्भीर हुनुपर्ने बताए ।

संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै उनले आवश्यक समिति सभापतिले समन्वय गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिलाई निर्देशन दिए ।