खेलकुद

झापामाथि इलामको जित

By खबरहब

November 27, 2023

काठमाडौं – नेपाल सुपर लिगमा स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले जित निकालेको छ । झापा फुटबल क्लबलाई १–० ले पराजित गर्दै इलामले प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

दशरथ रंगशालामा आज भएको खेलमा इलामका अमाथ एनडाले निर्णायक गोल गरे । यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८७ औं मिनेटमा इलामले गोल गर्न सफल भएको थियो । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलाम गोल गर्न चुकेको थियो ।

मंगलबार हुने खेल फुटबल क्लब चितवन र काठमाडौं रेजर्स फुटबल क्लबबीच साँझ ५ः३० बजे हुनेछ ।