देश/प्रदेश

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सवको उद्घाटन गर्ने

By खबरहब

December 27, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् ।

महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि रोकिएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यसअघि २०७६ सालमा महोत्सव भएको थियो । कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।

पुस २१ गतेसम्म चल्ने महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने संघको अनुमान छ ।

महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ ।