अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त

By खबरहब

December 27, 2023

तेल अबिब– इजरायल र लेबनानको सीमामा इजरायल र इरान समर्थित हिजबुल्लाह विद्रोहीबीच भीषण भिडन्त भएको छ । सो क्षेत्रमा धेरै इजरायली हवाई हमला जारी रहेको बताइएको छ ।

इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारीसमेत लिएको छ।

भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको जनाएको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् भने उनको उपचार जारी रहेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो। साथै, सीमाबाट लगभग १६ किलोमिटर दूरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका थिए।

भिडन्तको क्रममा धेरै बमबारीसमेत भएको जनाइएको छ ।