ब्रेकिङ स्टोरी

समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

By खबरहब

December 27, 2023

काठमाडौँ– नेकपा माओवादीसहितका चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।  

लामो समयपछि आज बसेको बैठकमा सरकारले एक वर्षमा गरेका कामको समीक्षा, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा मोर्चाका आगामी दिनका रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी रहेका छन् ।