आर्थिक

आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

By खबरहब

December 27, 2023

काठमाडौं– नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ ।  बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई ध्यानमा राख्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान  नेपालमा भित्र्याउन लागेको हो ।

कमपनीका अनुसार मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा उपयोगी हुने यस भ्यान १४ सिट क्षमताको छ । हाइलोङ अटोमोबाइल ब्राण्डका गाडी चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् ।

हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रुप ४५ वर्षदेखि व्यवसायमा सक्रिय छ। यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव छ।

कम्पनीले उक्त भ्यानको स्पेसिफिकेसन र मूल्य बारे अहिले केही खुलाएको छैन ।