क्रिकेट

प्रधानमन्त्री महिला टी-२० : गण्डकीमाथि कोशीको ५५ रनको जित

By खबरहब

December 27, 2023

काठमाडौँ– जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १०४ रनको लक्ष्य पछाएको गण्डकीले १५ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएपछि कोशी ५५ रनले विजयी भएको हो । 

गण्डकीका लागि सुमन खतिवडाले २१ रन बनाएकी थिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । यो जितपछि कोशी प्रदेशको ५ खेलमा ८ अंक भएको छ भने गण्डकीले चौथो हार बेहोरेको छ ।

गण्डकीको ५ खेलमा २ अंक मात्र रहेको छ । कोशी अंक तालिकामा दोस्रो स्थानमा रहेको छ भने गण्डकी छैटौँ स्थानमा रहेको छ ।

अब कोशीले बिहीबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकीले बिहीबार नै एपीएफको सामना गर्ने छ ।