समाचार

जलवायु परिवर्तनको मुद्दामा सरकारी र गैरसरकारी क्षेत्र एक हुनुपर्छ : वनमन्त्री 

By खबरहब

December 27, 2023

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा वीरेन्द्र महतोले जलवायु परिवर्तनको मुद्दामा सरकार र गैरसरकारी क्षेत्र एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी र गैरसकारी संस्था एक भएर जलवायु परिवर्तनको मुद्दामा अगाडि बढ्नुपर्ने बताएका हुन् । 

उनले भर्खरै दुबईमा सम्पन्न कोप-२८ मा नेपालले राखेको एजेन्डाले विश्वको ध्यानाकर्षण भएको बताए । उनले आफ्ना मुद्दालाई कोपमा नेपालले दरो रुपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

उनले नेपालले आफूसँग भएको प्रकृतिलाई समृद्धितर्फ जोड्न लाग्नुपर्ने उल्लेख गरे। जलवायु परिवर्तनको मुद्दामा एउटै आवाज लिएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ थियो ।