ढोरपाटन– राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ पुगेका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।
सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरेका थिए । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरेका छन् ।
नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मूलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृतिक पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए ।