अपराध

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

By खबरहब

December 27, 2023

काठमाडौं–  अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठमा बस्ने ५९ वर्षीय  भैरव बहादुर ठकुरी रहेका छन् ।

ठकुरीले कृतेश खरेल समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, जहाँ मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी २६ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनकाे खोजतलास गर्ने क्रममा सोमबार बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।