तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पूर्वी जेरुसलेम आक्रमण : आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जना पक्राउ

By खबरहब

January 28, 2023

काठमाडौँ- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका श्रद्धालुमाथि प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गरी सात जनाको ज्यान लिएपछि प्रहरीले आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा संलग्न रहेको आशङ्कामा सोधपुछका लागि उनीहरुलाई पक्राउ गरिएको इजरायली प्रहरीले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिइए पनि उनीहरू पूर्वी जेरुसलेमको नजिकै बसोबास गर्ने प्यालेष्टाइनी रहेको जनाइएको छ ।