सांकेतिक तस्वीर ।

अपराध

लागूऔषधसहित एक युवक पक्राउ

By खबरहब

January 28, 2023

काठमाडौँ – नवलपरासी पूर्वको चारमारानजिकबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।

उनको साथबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।