मनोरञ्जन

मेरी बास्सैमा फेरि जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल

By खबरहब

February 28, 2023

काठमाडौं – हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्।

आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।

मिडिया हबले केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ ।

मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यो टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो।

फूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्।