फाइल तस्वीर

ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम सार्वजनिक हुने

By खबरहब

February 28, 2023

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरुविरुद्ध उजुरी आव्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।

आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।