सांकेतिक तस्बिर

देश/प्रदेश

लमजुङमा जलेर ९१ वर्षीय वृद्धको मृत्यु

By खबरहब

February 28, 2023

लमजुङ– लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । चुलोमा बलेको आगो निभाउन बिर्सिंदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना  हुन नदिन सचेत बन्न आग्रह गरे।