देश/प्रदेश

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

By खबरहब

February 28, 2023

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए। 

बलवा-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२-०२-००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका  महतोलाई ठक्कर दिएको थियो । उपचारार्थ  बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकोमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।