ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

By खबरहब

February 28, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । 

डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताएका छन् ।