आर्थिक

प्रि-ओपन सेसन नेप्सेमा १.२८ अंकको वृद्धि

By खबरहब

February 28, 2023

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ ।

यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।