समाचार

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु 

By खबरहब

February 28, 2023

काठमाडौँ– सरकारले एकीकृत वेबसाइट व्यवस्थापन  प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच  उक्त  प्रणालीको शुभारम्भ गरेकी हुन् । 

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।