तसवीर- क्यान

क्रिकेट

अण्डर १९ विश्वकप क्रिकेट : नेपालको लगातार चौथो जित, मलेशिया १० विकेटले पराजित

By खबरहब

February 28, 2023

काठमाडौँ- अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेशियालाई १० विकेटले पराजित गरेको छ ।

युएईको अज्मनमा रहेको मालेक मैदानमा भएको खेलमा मलेशियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि दिपक बोहराले २९ बलमा ३८ रन बनाए । त्यसैगरी, अर्जुन खनालले २५ बलमा २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल ७२ रनमा समेटियो ।

नेपालका लागि दिपेश कँडेलले ४ र आकाश चन्दले ३ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो ।