तस्वीर- आईएएस

अन्तर्राष्ट्रिय

भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर

By खबरहब

February 28, 2023

काठमाडौँ- भारतले हिन्द महासागरमा अवस्थित मुलुक मौरिससलाई अत्याधुनिक हेलिकोप्टर प्रदान गरेको छ । भारतीय विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले मौरिससको प्रहरी बलका लागि मार्क ३ हेलिकोप्टर (एएलएच एमके ३) हेलिकोप्टर प्रदान गरेको हो ।

मैत्रिपूर्ण सम्बन्ध भएका मुलुकलाई रक्षा उपकरण निर्यात गर्ने केन्द्र सरकारको योजनाअनुसार मौरिससलाई हेलिकोप्टर प्रदान गरिएको उक्त कम्पनीका कार्यकारी निर्देशक ईपी जयदेवलाई उद्धृत गर्दै ला मेटिनल अखबारले जनाएको छ ।

मौरिससलाई हेलिकोप्टर प्रदान गरेसँगै दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थपिएको जनाइएको छ । मौरिससको प्रहरी बलका आयुक्त अनिल कुमार दिपले भारतले प्रदान गरेको हेलिकोप्टरले प्रहरीको हवाई क्षमता अझ सुदृढ हुने जनाएका छन् ।