फाइल

अन्तर्राष्ट्रिय

भारतको औषधि कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

By खबरहब

February 28, 2023

काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका जनाएकइएको छ ।

गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो ।

विस्फोटका कारण कारखानामा आगो लगी हुँदा भवनका केही भाग ध्वस्त भएको जनाइएको छ ।

घटनामा दुई जनाको मृत्यु हुनुको साथै र दुई जना घाइते भएको ती घाइतेलाई अस्पताल लगिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।