तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार

By खबरहब

February 28, 2023

काठमाडौँ- तालिबान प्रशासित अफगानिस्तान र चीनबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको पाइएको छ । वर्ष सन् २०२३ को सुरुदेखि हालसम्म पाकिस्तानपछि चीन अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार बनेको हो ।

चिनियाँ भन्सार निकायलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार अफगानिस्तानले चीनतर्फ ९० लाख अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ भने चीनबाट अफगानिस्तानतर्फ झण्डै ५ करोड अमेरिकी डलर बराबरको वस्तु आयात भएको छ ।

गत वर्ष पाकिस्तानपछि भारत अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको थियो ।