फाइल फोटो ।

राजनीति

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि प्रचण्डको सरकार ढल्दैन : विमलेन्द्र निधि

By खबरहब

February 28, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् ।

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको पनि बताए ।

९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । पञ्चायतकालमा पञ्चायतविरूद्ध सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पु¥याउने काम पत्रकारले नै गर्दै आएको बताए ।