देश/प्रदेश

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १ लाख राहात दिने

By खबरहब

February 28, 2023

काठमाडौँ- बागमती प्रदेश सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख रुपैयाँ राहत दिने भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका ६४ वर्षीय राधा अधिकारी, सन्तलाल माझी र ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।